

यी ५ एसएसपी भए डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ईश्वर कार्की छन् ।
राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।