इन्स्पेक्टर अधिकारीको सक्रियतासँगै अग्नि नियन्त्रणका लागि सचेतना कार्यक्रम
दाङ । सोनापुर सिमेन्ट कम्पनी दुधरासमा आगलागी न्यूनिकरणबारे सचेतना प्रदान गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी विपत व्यवस्थापन गुल्म तुलसीपुरले विपद व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले आज आगलागीजन्य विपदबाट हुने जोखिम र जनधनको क्षति न्यूनिकरणबारे तुलसीपुर–१८ दुधरासमा रहेको सोनापुर सिमेन्ट कम्पनीमा प्रयोगात्मक रुपमा अभ्यास गराएको हो ।
पछिल्लो समय प्रहरी निरीक्षक सरस्वती अधिकारीको उपस्थितिसँगै यस किसिमको सचेतना कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।
त्यसअबसरमा तुलसीपुरका प्रहरी नायव निरीक्षक बालाराम केसीले प्रहरीले आगलागीको बारेमा सचेतना फैलाउने गरेको बताए । आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा निभाउने तरिका, आगलागीमा परी घाइते भएकाको प्राथमिक उपचार वा अस्पतालसम्म पु¥याउनेबारेमा प्रशिक्षण दिएका थिए ।
यसैगरी प्रहरी सहायक निरीक्षक बालाराम नेपालीले आगलागीमा धेरै मानिस प्रभावित हुने, जनधनको क्षति हुने भएकाले आगो बाल्दा, घरमा वायरीङ गर्दा ध्यान दिनुपर्ने बताए ।
उनले उद्योग, कलकारखाना, औधोगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउने, घर÷भान्छा÷ग्याँस चुल्होको निरीक्षण गर्नाले यसबाट हुने क्षतिबाट बच्न सकिने बताए।
यस्तै प्रहरी हवलदार प्रकाश पोख्रेल, टेक बहादुर रावतले विपदबाट कसरी बच्ने र कस्ता कस्ता विपद् आउन सक्छन् भन्ने बारेमा जानकारी दिएका थिए भने प्रहरी सहायक हवल्दार धन बहादुर चलाउनेले आगोको परिचय वर्गिकरण आगो निभाउने तरिका ग्याँस सिलिन्डरको जानकारी र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई कसरी सुरक्षित ढगंले प्रयोग गर्ने बारे जानकारी दिएका थिए । उनले खाना पकाउँदा, विद्युतिय सामाग्री प्रयोग गर्दा आगो लागेमा चिसो कपडाले आगो लागेको भागमा हावा छिर्न नदिइ छोपेमा आगो निभाउन सकिने बताए ।
यस्तै प्रहरी जवान मिलन लामिछाने, सत्य अधिकारी, पृथ्वी पुन र भिमबहादुर नेपालीले विपतबाट बच्ने उपाय, उपचार, उद्दार, परामर्श र सहयोगको बारेमा सोनापुर सिमेन्ट कम्पनीका ऊच्च तहदेखि मजदुरसम्मका २०० सयभन्दा बढिको कर्मचारीलाई जानकारी दिइएको थियो ।