बुङ्दिकाली समाज काठमाडौंको साधारणसभा पुस २० गते

काठमाडौं — नवलपरासी बुङ्दिकाली समाज काठमाडौं १८ औं साधारणसभा र ९औं अधिवेशन आउने शनिबार अर्थात् पुस २० गते हुने भएको छ ।

पूर्वी नवलपुरको पहाडी गाउँपालिका बौंदीकाली स्थायी घर भई विभिन्न पेशा, व्यावसायको शिलशिलामा काठमाडौंमा आई बसोबास गर्नेहरुको संस्थाको रुपमा मानिएको यस संस्था २०६४ सालमा स्थापना भएको थियो । संस्थाले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै यस अधिवेशनबाट नयाँ कार्य समितिको निर्वाचन हुने समेत वर्तमान अध्यक्ष भेषु श्रेष्ठले जनाए ।

राजधानीको टोखा भुतखेलमा हुने साधारणसभा एवं अधिवेशनका लागि सम्पूर्ण बौंदीकाली स्थायी घर भई राजधानीमा बसोबास गर्नेहरुलाई उपस्थितिको लागि सूचित गरिसकिएको जनाउँदै अध्यक्ष श्रेष्ठले जानकारी नपाएकाहरुलाई यसै समाचारलाई आधार बनाउन पनि अनुरोध गरे ।

अध्यक्ष श्रेष्ठले नयाँ कार्य समितिको निर्वाचन पनि हुने भएकाले इच्छुक बौंदीकालीबासीहरुले आफू बस्न चाहेको पदसहित दाबी गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *