

सशस्त्र इन्स्पेक्टर तुलाधरले गुमाए बसले थिचेर ज्यान

सर्लाही । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
शुक्रबार राति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।
बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।