कार्यकर्तालाई रास्वपाको चेतावनी, ‘घुमघामका फोटो पोस्ट गरे कारबाही हुन्छ’

काठमाडाैं । पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ।

रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरूलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडिओमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ। आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ।

‘पोखरामा आएका साथीहरू आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ,’ म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडिओ शेयर गर्न निर्देशन गरिन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *