नेपाल ब्याटिङमा, आशिफ शेख १ रन बनाएर आउट

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत ब्याटिङ सुरु गरेको छ । नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ।

तीन खेलको टी—२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ ।

ताजा अवस्थामा नेपालले ७ ओभरमा १ विकेट गुमाएर ४२ रन बनाएर खेलिरहेको छ । नेपालका आशिफ शेख १ रनमा आउट भएका छन् । अहिले नेपालको ब्याटिङमा कुशल भुर्तेल र अनिल शाह रहेका छन् ।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन् ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ–११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *