आजको राशिः धनुको भाग्यको स्थानमा शुभग्रह रहँदा अन्यको दिन कस्तो ?



काठमाडौं । आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर ५ तारिख । असोज शुक्ल पक्षको तृतीया तिथि । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आरधना गरिन्छ । आज विश्व शिक्षक दिवस । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज यात्रामा समस्या हुनसक्छ । विशेष कामबाहेकको यात्रा स्थगित गर्नु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । न्यायिक क्षेत्रमा तपाईंको विजयी हुनुहुनेछ ।

वृष : तपाईंका शब्दले साथीको मन दुख्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । निजी क्षेत्रको लगानीले फाइदा हुनेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा भने रमाइलो हुनेछ ।

मिथुन : आजको तपाईंको दिन सहज छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । पुराना साथीसँगको भेटले मन शान्त होला । परिवारमा मेलमिलाप र शान्ति मिल्नेछ ।

कर्कट : दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । परिवारसँग रमाइलो यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंह : दाजुभाइसँग भेट हुने योग छ । धनस्थानमा सूर्य र बुध शक्तिशाली ग्रह भएकाले गुमेको धन हात लाग्नेछ । परिवारको मर्म नबुझ्नाले खटपटी हुनेछ । साथीसँग सचेत भएर बोल्नुपर्ने दिन छ ।

कन्या : साथी सबै विपक्षी कित्तामा गएका छन् । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याबाट मुक्ति मिल्नेछ । राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ ।

तुला : चन्द्रमा र शुक्रले तपाईंको राशिमा भ्रमण गरेकाले तपाईंकाको बोलीको प्रभाव बढ्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नेछ । सामाजिक काममा झुकाब रहनाले परिवारमा खटपटी हुनसक्छ । प्रेम सम्बन्धमा समस्या हुनेछ । अन्य क्षेत्रमा भने सोचेको काम बन्नेछ।

वृश्चिक : तपाईंको उच्च कोणमा वृहस्पति बसेकाले सोचेका काम बन्नेछन् । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

धनु : भाग्यको स्थानमा शुभग्रह छन् । दिन राम्रो छ । नसोचेको ठाउँको यात्रा हुनेछ । साथीभाइ सबैले सहयोग गर्नेछन्। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन् । परिवारमा शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ ।

मकर : अचानक धन खर्च हुने जोखिम देखिन्छ । साथीभाइले साथ दिनेछन् । निजी शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ । दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दक्षिणको लामो यात्रा गर्नु राम्रो हुनेछ । ठुला उद्योगमा हात नलगाएको राम्रो हुनेछ । बिहान शिवको भजन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीन : परिवारमा मेलमिलाप हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने दिन छ । निन्द्रा र आलस्यबाट बच्नुपर्ने छ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।