सन्दीपबाहेक अरुको प्रदर्शन विर्सनलायक हुँदा क्यानडासँग फेरि हार्यो नेपाल
क्यानडा । क्यानडाविरुद्ध नेपाल आइसिसी विश्वकप लिग मा नेपाल पराजित भएको छ।नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
क्यानडाको किंग सिटीमा आइतवार टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । जवाफमा क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।
क्यानडाका लागि सबैभन्दा वढि नवनीत धालिवालले ८७ रन बनाए । १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसैगरी प्रगत सिंहले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।
हर्ष ठाकरले १३ रन बनाए । निकोलस र्कितनले नटआउट ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा करण केसी ,ललित नारायण राजवंशी र गुल्सन झाले एक एक विकेट लिए ।
यसअघि पहिलो खेलमा पनि नेपाल क्याडासँग १०३ रनले पराजित भएको थियो ।
यसअघि नेपालका लागि सबै भन्दा वढि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको एकदिवसीय क्रिकेटमा यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि उनले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।
गुलशन झाले ५६ बलमा ३४ रन बनाए । आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए ।
सोमपाल कामीले ४८ बलमा २१ रन बनाए । करण केसी २८ बलमा २४ रन बनाए ।क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई दुई तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए ।
आइसीसी क्रिकेट विश्वकप लिग २ मा सहभागी ८ राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ।
नेपाल ६ खेलमा १ जित र ५ हारका साथ २ अंक पाएर तालिकाको सातौं स्थानमा छ । नेपालविरुद्धको जितपछि क्यानडा भने १० खेलमा ६ जित र ४ हारका साथ १२ अंक पाएर तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा ६ जित र २ हारका साथ १२ अंक नै पाएर नेदरल्याड्स पहिलो स्थानमा रहेको । यो सिरीजमा सहभागी ओमान ५ अंकका साथ तालिकाको छैठौं स्थान रहेको छ ।