राष्ट्रपतिसमक्ष दावी पेसः आजै तेस्रोपटक प्रधानमन्त्री बन्दै ओली !



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी पेस गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेको केही समयमै ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका हुन्।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार भर्खरै राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगी दावी पेश गरेका हुन्। कांग्रेस(एमाले नयाँ गठबन्धनलाई जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समेत साथ दिएका छन्।

राष्ट्रपति पौडेलले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने सम्भावना रहेको छ । भोलि शनिबार भएको हुनाले राष्ट्रपति पौडेलले आज मध्यरात १२ बजे भन्दा अगावै प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेका छन् । ओली यसअघि २ पटक प्रधानमन्त्री भइसकेका छन् ।