

पार्टीको जिम्मेवारीबिहीन बनाइएपछि डा. मुकुल भन्छन्, ‘रवि लामिछाने क्लवबाट निकालिएँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।
त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताएका छन् । उनले रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका छन् ।
रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।