नेपाली सेनाको जर्नेलका लागि बढुवा सिफारिस, यी ५ हुने भए जर्नेल (नामसहित)



काठमाडौं । नेपाली सेनाले उपरथीमा एक जना र सहायक रथीमा चार जनाको बढुवा गर्न लागेको छ ।

सैनिक साधारण सेवातर्फ रिक्त भएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन् ।

दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए ।

सहायक रथीमा सुरज गुरुङ, जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन् ।

तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन् ।

शान्ति कार्य निर्देशनालयका जगदिश २ नम्बरमा, शिकायत जाँच महाशाखाका अमृत र सैनिक सचिव विभागमा रहेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयतर्फ काजमा खटिएका चुलेन्द्र क्रमशः तेस्रो र चौथो नम्बरमा रहेको सिफारिस समितिको पत्रमा उल्लेख छ ।