

लहान नगरपालिकाको १ अर्ब २३ करोडको बजेट प्रस्तुत

सिराहा । मुलुककै सबैभन्दा ठूलो नगरपालिका मानिएको लहान नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ ।
नगरसभाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १ अर्ब २३ करोड १ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखिएको छ ।