प्रहरी र सशस्त्रका दुई आईजीसहित गृहसचिव गए अमेरिका, क–कसले पाए निमित्तको जिम्मेवारी ?



काठमाडौं । युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी गरी पाँच जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।

नेसन चिफ अफ पुलिस समिट असार १२ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको छ। उता सशस्त्र प्रहरी बल नेपालमा भने नारायणदत्त पौडेललाई निमित्तको जिम्मेवारी दिइएको छ। उनीहरुले प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।