नारायणीमा नुहाउन जाँदा गोहीको आक्रमणमा परी १ को मृत्यु

कावासोती । गोहीको आक्रमणबाट पूर्वी नवलपरासीमा एक जनाको मृत्यु भएको छ।

मध्यविन्दु नगरपालिका २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मानसिंह चौधरी छन्।

चौधरी बिहान नुहाउन नदीमा गएका थिए। नदीमा रहेको गोहीले आक्रमण गर्दा चौधरीको मृत्यु भएको हो।

अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *