

प्रहरी जवान गोलेले संसद भवनभित्रै निधारमा गोली हानी गरे आत्महत्या

काठमाडौं – संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले हानेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।
संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेको बताइएको छ ।
प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । बिहान करिब ६ बजे उनले निधारमा गोली हानेको जनाइएको छ ।
यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।