

प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रीले सांसदकाे प्रश्नकाे जवाफ दिने

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बाेलाइएकाे छ ।
अाजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् ।
ज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् ।
उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेस्’ तथा ‘अनुमाेदन गरियाेस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे ‘बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।