बैतडी घटनाको स्थलगत अध्ययनमा महिला विभागले खटायो प्रतिनिधि



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले बैतडीमा हत्या भएकी भगिरथी भट्टको हत्याविरुद्ध छानबिनको माग गरेको छ ।

केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा, ‘अढाई बर्ष पहिले कञ्चनपुरमा बिभत्स बलात्कार र हत्याको शिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानूनी कठघरामा उभ्याउन सकेको छैन । यसैगरी गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको वलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो, भनिएको छ ।

विज्ञप्तिमा, ‘घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ,’ भनिएको छ ।

विभागले स्थलगत अवलोकनका लागि केन्द्रीय महिला विभागकी सदस्य राधिका सिहंलाई खटाएको छ ।

प्रेस विज्ञप्ति

महिला माथि हुने गरेका अनवरत हिंसाका श्रृखंलाले सिङ्गो राष्ट्र र समाज आतङ्कित छ । अढाई बर्ष पहिले कञ्चनपुरमा बिभत्स बलात्कार र हत्याको शिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानूनी कठघरामा उभ्याउन सकेको छैन । यसैगरी गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको वलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो । यी अपराधलाई तोड्न महिला विरुद्ध सिलसिलेवार रुपमा हुने गरेका हत्या र हिंसाका सिलसिलालाई तोडनुपर्ने हुन्छ । यसका निम्ति राजनीतिक पार्टी, विभिन्न संघ÷संस्थाहरु, पेसाकर्मीहरु लगायत सिंगो समाज अपराधको खिलाफमा खडा रहनु आजको मूल आवश्यक्ता हो । यीनै प्रयासहरुले अपराधीको बढेको मनोवल घटाउन र दण्डहिनताको अन्त्य गर्ने वातावरण बनाउन सकिन्छ ।

माघ २१ गते विद्यालयबाट घर फर्कीने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च मा.वि.की छात्रा भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरी स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक बनको जंगलमा मृत अवस्थामा फेला परेकी भगिरथीको परिवारलाई उचित क्षतिपूर्तिको जोडदार माग गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाई पिडितलाई न्याय दिलाउन खबरदारीका निम्ति नेपाली कांग्रेस जिल्ला कार्यसमिति वैतडीसँग समन्वय गरी स्थलगत अवलोकन सहित आवश्यक कार्य गर्ने गरी केन्द्रिय महिला बिभागका सदस्य राधिका सिहंलाई खटाइको जानकारी गराईन्छ ।

जय नेपाल !

लक्ष्मी खतिवडा

सचिव