

त्रिकोणात्मक टी–२०ः पिएनजीविरुद्ध नेपालको विस्फोटक सुरुवात, ६ ओभरमा बनायो ५८ रन

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेल पपुवा न्यु गिनीसँग खेल्न लागेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा बिना कुनै विकेट ५८ रन बनाइसकेको छ ।
नेपालका लागि कुशल भुर्तेलले ३५ रन बनाएका छन् भने विनोद भण्डारीले २४ रन बनाएका छन् ।