

पूर्व एआईजी एवं राप्रपा नेता श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयमा एउटा ताण्डव देखिएको छ । राप्रपा कार्यालयमा बैठकका लागि गएका कार्य सम्पादन समितिका सदस्य एवं सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।
समितिको बैठकमा श्रेष्ठले राप्रपा महामन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनका समर्थकले लखेटेरै कुटेका हुन्।
उक्त अवसरमा उद्धव पौडेल, रविन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरुमा पनि कार्यालयमै रहेका थिए । कुटपिटमा सहभागी भएका कार्यकर्तालाई बुद्धिमान तामाङ, दिपक सिंहलगायतले सम्हाल्ने प्रयास गरेका थिए ।
डा. श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा पसेपछिमात्र सुरक्षित भएका थिए ।