

नेपालका दुवै ओपनर एउटै ओभरमा आउट, रोहित र गुल्सन क्रिजमा

काठमाडौं । नेदरल्याण्डसले नेपाललाई दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका दुवै ओपनर एउटै ओभरमा आउट भएका छन् ।
नेपालका कुशल भुर्तेल र आशिफ शेख खेलको तेस्रो ओभरमा आउट भएका हुन् । भुर्तेलले १२ रन बनाए भने आशिफ शेखले ८ रन बनाउँदै आउट भए ।
अहिले नेपालका तर्फबाट कप्तान रोहित पौडेल र गुल्सन झाले ब्याटिङ गरिरहेका छन् ।
त्यसअघि जारी त्रिकोणात्मक टी(२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको हो ।
नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओब्र्मा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २(२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।