टी-२० सिरिजः फाइनल प्रवेशका लागि आज नेदरल्याण्ड्सको सामना गर्दै नेपाल

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ ।

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यसअघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ ।

नेपालका लागि फाइनलमा पुग्न यो खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा हार बेहोरेमा नेपाल फाइनल अघि नै सिरिजबाट बाहिरिने छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *