

पत्रकार महासंघ काठमाडौं शाखा सदस्य दाहालको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका दाहाल कलेजोसम्बन्धी रोगका कारण अस्पताल भर्ना भएका थिए ।
उनको उपचारको क्रममा राजधानीको नर्भिक अस्पतालमा निधन भएको जनाइएको छ । दाहालको बुधबार नै पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।