

एउटै सल पासो लगाएको अवस्थामा मृत भेटिए एक जोडी

कालिकोट । कालिकोटमा एक किशोरी र किशोर मृत अवस्थामा फेला परेका छन् ।
कालिकोटको दहीखोला नजिकै सिरान मन्दिर छेउको एउटै रुखमा झुण्डिएको अवस्थामा अछाम भानाकोटकी एक युवती र कालिकोट खुलालुका एक युवक मृत फेला परेका छन् ।
उनीहरु दुवै एउटै सलको पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ ।
किशोरी अन्दाजी १६ वर्षीया र किशोर १८ वर्षीय रहेको जनाइएको छ ।
उनीहरु दुवैको शव अहिले जिल्ला अस्पताल कालिकोट ल्याइएको छ भने घटनाबारे विस्तृत अध्ययन प्रहरीले सुरु गरिसकेको छ ।