

सुनुवारले मनाए नयाँ वर्ष यलेथोचे–२०८४

काठमाडौं । सुनुवार समुदायले नयाँ वर्ष यलेथोचे २०८४ मनाएका छन् ।
काठमाडौंस्थित सुनुवार सेवा समाज (सुसेस) को भवनमा एक कार्यक्रम गरी राजधानीमा रहेका सुनुवार समुदायले किरात नयाँ वर्ष मनाएका हुन् ।
यस दिन अर्थात् माघ १ मा सुनुवार समुदायले समिबु पिदार धुमधामसँग मनाउने प्रचलन रहेको छ ।
यस अवसरमा सुनुवार समुदायले चेलीबेटीलाई टिका लगाई दक्षिणा दिने गर्दछन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उर्मिला सुनुवार, पूर्व सांसद यज्ञराज सुनुवारलगायतका राजधानीमा रहेका सुनुवार समुदायको उपस्थिति रहेको थियो ।