

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन, कहाँ कति छन् त मतदाता ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।
निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । नामावलीअनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्ने भएका छन्।
सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् ।बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।
गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन्।
त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् । १९ सदस्य चयनका लागि ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।