जवानले चलिरहेको रेलमा गोली चलाउँदा असईसहित ४ को मृत्यु

नयाँदिल्ली– भारतमा चलिरहेको रेलभित्र गोली प्रहार गरी ४ जनाको हत्या भएको छ। रेलवे सुरक्षा बल (आपीएफ)का एक जवानले गोली प्रहार गर्दा ४ जना मारिएका हुन्।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्। सोमबार बिहान ५ बजे आसपास महाराष्ट्रको पालघर रेलवे स्टेशन नजिकै आरपीएफका जवान चेतन कुमार चौधरीले आफ्नो एस्कर्ट ड्युटी इञ्चार्ज असई टीकाराम मीनामाथि गोली चलाएका थिए। आफ्नो स्वचालित हतियारबाट असईमाथि गोली चलाएका उनले त्यसपछि अर्को बोगीमा छिरेर यात्रुमाथि गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घटनामा सहायक निरीक्षक टीकाराम मीना र ३ जना यात्रु गरी ४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। पालघर मुम्बईबाट करिब १०० किलोमिटर टाढा छ।

सरकारी रेलवे पुलिस र आरपीएफ अधिकारीहरूको सहयोगमा प्रहरीले मिरा रोडबाट जवान चौधरीलाई नियन्त्रणमा लिएको थियो। आरपीएफ जवान चौधरी दहिसर नजिकै ओर्लिएर अलार्मको चेन तानेपछि भाग्न खोजेका थिए। तर प्रहरी उनलाई पक्राउ गर्न सफल भयो।

पश्चिम रेलवेका प्रमुख पीआरओ सुमित ठाकुरले घटनाको कारण भने खुल्न नसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *