

आर्मीका मुकेशबहादुर पाललाई धनगढी हाफ म्याराथनको उपाधि

धनगढी । धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् ।
नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् । उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् ।
म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा २१.१ किलोमिटर पार गर्दा सन्तोषविक्रम विष्टले तृतीय स्थान हासिल गरे ।
म्याराथनमा द्वितीय भएका रावलले ३३ हजार ३३३ र तृतीय विष्टले २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।