

बौंदीकालीका भट्टराईलाई जनसेवाश्री विभूषण

काठमाडाैं । नवलपुरको बौंदीकालीका अस्मिलाल भट्टराई जनसेवाश्री पञ्चम विभुषणबाट सम्मानित भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष कार्यक्रमबीच भट्टराईलाई उक्त सम्मान प्रदान गरेका हुन् । भट्टराई युवा उद्यमीका रुपमा सम्मानित भएका हुन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट राष्ट्रको गौरब एवं नेपाली जनताको हित अभिवृद्धि गर्नेहरुलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मान प्रदान गरेका हुन् ।
उनी बाैंदीकाली गाउँपालिका वडा नं. ३ रकुवा पिपलटारीका स्थायी बासिन्दा हुन् ।