बालेनको चुनाैती, ‘सिंहदरबार अर्कै पालिकामा सार्नुस्’

काठमाडाैं । चार दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न भनेका छन्।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको बताएका हुन्।

उनले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।


उनले आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने तर राजनीति नचाहिने बताएका छन्।

यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *