

सुरू भयो कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू भएको छ ।
बैठकका लागि नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु, जसपाका नेता सानेपा पुगेका छन् । सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगिसकेको जनाइएको छ ।
अहिलेसम्म कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच छलफल हुँदैछ ।
यसअघि देशको पछिल्लो घटनाक्रमपछि नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको थियो ।