

नेपाल प्रहरीका ४ एआईजीको बढुवा र पदस्थापन

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।
बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिप गिरीले पाएका छन्।
त्यस्तै, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।