

उपप्रधानसहित रक्षामन्त्री लिएर आजै सरकारमा जाँदै पूर्णबहादुर खड्का !

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्रीले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ ।
कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ ।
यसअघि एकीकृत समाजवादीले प्रकाश ज्वालालाइ पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरिसकेको छ । उनीहरूलाइ आजै सपथग्रहण गराइने सम्भावना रहेको जनाइएको छ ।