

प्रधानमन्त्रीले पेश गरे न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।
उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र भोलि त्यसमा छलफल हुने उनले बताए ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।