

शोकमग्न टुँडिखेल ( फोटोफिचर)

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा सर्वसाधारणदेखि नेता-कार्यकर्ताले टुँडिखेलमा श्रद्धाञ्जलि दिइरहेका छन् ।

श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न पार्टीका नेताहरु आफन्तसहित ठूलो संख्यामा सर्वसाधारण नागरिकहरु उपस्थित भएका छन्। उनीहरुले ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । टुँडिखेलको माहोल अहिले शोकमग्न छ।

मृतकका आफन्तहरु श्रद्धाञ्जलिका क्रममा भावविह्वल बनेका छन्। हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको ज्यान गएको थियो।
