

महाकालीमा सीमा मिचिँदा मेचीको ढुंगा लगेर पर्खाल लगाउनुपर्छः मेयर साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले महाकालीमा सीमा मिचिँदा मेचीको ढुंगा लगेर पर्खाल लगाउनुपर्ने बताएका छन् ।
सामाजिक अभियन्ता हुँदै धरान उपमहानगरको नगरप्रमुख जस्तो जिम्मेवार पदमा निर्वाचित साम्पाङ धरानको विकासका लागि चौबिसै घन्टा खटिँदै आएका छन् । उनले आफूले गरेका कामहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गर्दै आएका छन् ।
त्यसैले उनी अहिलेको अवस्थामा जनताका लागि सबैभन्दा आक्रामक ढंगले काम गर्ने नगरप्रमुखका रुपमा चिनिएका छन् । नगरको विकाससँगै सामाजिक सञ्जालमा समेत सक्रिय मेयर साम्पाङलाई कहिले काहिँ विवादित बनाउने प्रयास गरिए पनि जनताका लागि उनको एकसूत्रीय प्रतिबद्धता रहेको छ ।
यसै मेसोमा उनले सामाजिक सञ्जाल फेसबुकमा देशप्रतिको भक्तिभाव र माया दर्शाएका छन् । उनले लेखेका छन्, ‘महाकालीमा सिमा मिचिंदा मेचीबाट ढुङ्गा पास गर्दै लगेर पर्खाल लगाउनु पर्छ ! भ्याउँदिन नभन्नु ! बिजी त चरा मुसा पनि बिजी नै देखिन्छन् ।’