२० लाख धरौटीमा छाड्न आदेश, भोली रिहा हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपलाई २० लाख धरौटीमा छाड्न पाटन उच्च अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए। सन्दीपले शुक्रबार धरौटी बुझाएपछि रिहा हुने जनाइएको छ ।

उनलाई विदेश जान भने केही शर्तहरुसहितमात्र जान पाउने आदेश भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *