

यी हुन् सन्दीप लामिछानेलाई रिहा गर्न आदेश दिने दुई न्यायाधीशहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहाको आदेश भएको छ ।
उच्च अदालत पाटनमा बिहीबार भएको न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासमा भएको सुनुवाईपछिको आदेशमा सन्दीपलाई विभिन्न शर्तसहित धरौटीमा छाड्ने आदेश भएको हो ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिने न्यायाधीश ध्रुवराज नन्द यसअघि उच्च अदालत दिपायल, वीरगञ्ज र जनकपुरमा कार्यरत थिए । पोखराको पृथ्वीनारायण क्याम्पसबाट कानुन अध्ययन गरेका न्यायाधीश नन्द उच्च अदालत जनकपुरबाट पाटन सरुवा भएका हुन् ।
त्यस्तै अर्का न्यायाधीश रमेश ढकाल पनि यसअघि उच्च अदालत जनकपुरबाट पाटन सरुवा भएका न्यायाधीश हुन् । न्याय सम्पादनमा उत्कृष्ट मानिएका यी दुवै न्यायाधीश अहिलेसम्म विवादरहित न्यायाधीश मानिन्छन् ।