

स्याङ्जा २ को मतगणना जारी, एमालेकी पद्माले लिइन् सुरुवाती अग्रता

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छिन् । पछिल्लो मतगणनाअनुसार अर्यालले २ हजार ३०४ मत ल्याउँदा नेपाली कांग्रेसका धनराज गुरुङले १ हजार ७ सय ३ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत ल्याएका छन् ।
त्यस्तैगरी प्रदेश तर्फ प्रदेश (क) मा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्मको मतगणनाअनुसार एमालेका मोहनप्रसाद रेग्मीले २४०९ मत ल्याउँदा कांग्रेसका भोजराज अर्यालले १८३० मत ल्याएका छन् भने प्रदेश (ख) तर्फको मतगणना सुरु भएको छैन ।
मतदानका क्रममा धाँधली भएको भन्दै उक्त क्षेत्रमा १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेको थियो ।