

एसओएस ग्रुपका सञ्चालक गौतमलाई पितृशोक

काठमाडौं । एसओएस ग्रुपका निर्देशक सुनिलपाणि गौतमलाई पितृशोक परेको छ । गौतमका बुवा युवकपाणि गौतमको आइतबार बिहान निधन भएको छ ।
मधुमेह रोगका बिरामी ७२ वर्षीय गौतम विगत ३/४ दिनदेखि गम्भीर बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
गौतमको आइतबार नै पशुपतिमा अन्तेष्टी गरिएको छ । गौतमका दुई छोरा र दुई छोरी रहेका छन् ।