सर्वाेच्च जाँदै तोसिमा, समर्थकहरू माइतीघरमा जम्मा हुँदै

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

डा कार्कीको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको हदम्यादको मतलब नराखी अविवेकी अचम्मलाग्दो निर्णय गरेको भन्दै त्यसविरूद्ध डा कार्कीले सर्बोच्च अदालतमा रिट निवेदन दायर गर्ने जनाएकी हुन् । उनीप्रति ऐक्यबद्धता जनाउन समर्थक एवं सहानुभूतिकर्ताहरु ११ बजे माईतिघरमा जम्मा हुने समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *