मर्निङवाक जाँदा बँदेलको आक्रमणबाट मृत्यु



चितवन । चितवनमा मर्निङवाकमा निस्किएका भरतपुरका एक व्यक्तिको जंगली बँदेलको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ नौरंगेका ४० वर्षीय दिपक विक रहेका छन् ।

असोज ७ गते बिहान ६ बजेतिर मर्निङवाक गर्न घरबाट निस्किएका विकलाई जंगली बँदेलले एक्कासी आक्रमण गरेको थियो ।

बँदेलको आक्रमणबाट घाइते भएका विकको भरतपुर अस्पतालमा उपचार भइरहेकोमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । विकको पेटलगायत विभिन्न भाटमा गहिरो चोट लागेको थियो ।