बारम्बार संविधानको मर्म र भावनामा चोट पुर्याइनु व्यवस्थामाथिको प्रहार होः पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि पौडेलले सामाजिक सञ्जालबाट असन्तुष्टि पोख्दै बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको बताएका छन् ।

‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’ उनले लेखेका छन्।