क्षतविक्षत अवस्थामा रूकुमका एक बालकको शव फेला



जाजरकोट । रुकुम पश्चिममको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत  अवस्थामा  फेला  परेको   छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो  ।

विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव  बायाँ  खुट्टा  छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।