

क्षतविक्षत अवस्थामा रूकुमका एक बालकको शव फेला

जाजरकोट । रुकुम पश्चिममको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो ।
विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।
स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।