आईजी बढुवा प्रकरणः के आजै आउला त विश्व पोखरेलले दिएको रिटमा फैसला ?



काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजी) बढुवाविरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ ।

यसअघि गत सोमबार सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि आजका लागि पेसी सारिएको थियो।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

आजको सुनुवाईबाट फैसला आउने अपेक्षा गरिए पनि अब केही सातामात्रै पोखरेलको अवकाशको समयावधि बाँकी रहेको हुनाले अन्य केही कारणले पुनः सुनुवाई सर्नसक्ने सम्भावना पनि रहेको छ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।