आज पनि सर्यो विश्व पोखरेलले दिएको मुद्दाको सुनुवाई, अर्को पेसी शुक्रबार



काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजी) बढुवाविरुद्धको मुद्दाको पेसी आज पनि सरेको छ ।

आइतबारका लागि सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजका लागि पेसी तोकिए पनि सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि आगामी शुक्रबारका लागि पेसी सारिएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।