पर्यटनमन्त्री प्रेम आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। आलेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिएका हुन्।  उनले आजै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेका छन्।

अध्यक्ष नेपालले पनि आजै अखिल नेपाल महिला संघको कार्यक्रममा केही मन्त्रीको राजीनामा पत्र गोजीमा बोकेर हिँडेको बताएका थिए। आलेले पार्टीको पोलिटब्यूरो बैठकमा राजीनामा दिएर पार्टी निर्णय कार्यान्वयन गर्न सहज पार्ने बताएका थिए।

एकीकृत समाजवादीले पार्टीबाट सरकारमा रहेका सबै मन्त्री फिर्ता गरेर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ। तर उक्त निर्णय कार्यान्वयन भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *