नेपाल इन्जिनियर एशाेसिएसनः सञ्जयले दिए लोकतान्त्रिकबाट सदस्यको उम्मेदवारी
काठमाडौं । नेपालका इन्जिनियरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २७ गते नेपाल इन्जिनियर एशोशिएसनको निर्वाचन तय भएकाले इन्जिनीयरहरु चुनावी प्रचारप्रसारमा लागेका छन् ।
निर्वाचनमा चारवटा समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको घोषणा गरिसकेका छन् । जसमध्ये लोकतान्त्रिक इन्जिनियर समूह, एकीकृत प्रगतिशील इन्जिनियर समूह, वृहत राष्ट्रिय प्रगतिशिल गठबन्धन र लोकत्रान्त्रिक समूह चुनावी मैदानमा छन् ।
अबको निर्वाचनले ३३औं केन्द्रीय कार्यकारीणी सदस्यहरुको चयन गर्नेछ । केन्द्रीय चुनावसँगै सातै वटा प्रदेशमा समेत निर्वाचन हुने भएको छ ।
लामो समयदेखि इन्जिनियर पेशामा आवद्ध इन्जिनियर सञ्जयचन्द्र न्यौपानेले पनि प्रदेश सदस्यमा उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक इन्जिनियर समूहबाट न्यौपानेले बागमती प्रदेशको सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लोकतान्त्रिक इन्जिनियर समूहबाट केन्द्रमा इन्जिनियर दिलिपकुमार झा नेतृत्वको प्यानल बनेको छ भने बागमती प्रदेशमा इन्जिनियर जीवनकुमार श्रेष्ठ नेतृत्वको प्यानल बनेको छ । इन्जिनियर न्यौपाने श्रेष्ठ नेतृत्वको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् ।