उछालसँगै २५ सयमाथि नेप्से, ९२ अंकले बढ्दा साढे चार अर्ब कारोबार



काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।

२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।

बजार ९२ अंकले बढेको दिन कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जिवन बीमा समूहमा ५०२ अंकको, निर्जीवन बीमा समूहमा ४८७ अंकको र उत्पादनमूलक समूहमा ४५२ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह २३० अंक, व्यापार समूह २०२ अंक र लघुवित्त समूहमा १८२ अंकको सुधार आएको छ ।

नेप्से परिसूचक उत्साहजनकरुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।

पछिल्ला केही सातायता निरन्तर घट्दै आएको नेप्से अर्थमन्त्रालय र राष्ट्र बैंकको एक/एक वटा निर्देशपछि उकालो लाग्न थालेको छ ।