सोलुखुम्बुका चार कर्मचारीमा कोरोना पुष्टी, प्रशासन र मालपोत कार्यालय साउनभर बन्द



सोलुखुम्बु । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । यसअघिका कोरोनाको समयमा कम प्रभावित बनेका जिल्लाहरुमा पनि संक्रमण बढ्दो क्रममा देखिएको छ । यसैअनुरुप देशकै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाका कारण जिल्ला प्रशासनको काम नै ठप्प बनेको छ ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत दुई कर्मचारीमा कोरोना पुष्टी भए पछि आगामी भदौ १ गतेसम्मका लागि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बताइन् ।

प्रशासनमा कार्यरत दुई कर्मचारीमा कोरोना पुष्टी र अन्य केहीमा पनि कोरोना संक्रमणको लक्षण देखिएको खतिवडाले बताइन् ।

त्यस्तै मालपोत कार्यालय सोलुखुम्बुका पनि दुई कर्मचारीमा कोरोना पुष्टी भएसँगै मालपोत कार्यालयले सम्पूर्ण सेवा बन्द गरेको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएसँगै जिल्ला अस्पताल फाप्लु बिरामीले भरिएका छन् । हालसम्म जिल्लामा एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४६३ निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।